Tuesday, 1 October 2013

dishanirdesh-pradip-giri

Sunday, 2 June 2013

धुमपान र स्वास्थ्य समस्या

नेपालमा सुर्तिजन्य पदार्थको सेवन अर्थात धूमपानका कारण उत्पन्न हुने विभिन्न रोगबाट वर्षेनी १५ हजार जना भन्दा बढिको ज्यान जाने गर्छ । विश्व स्वाथ्य संगठनको प्रतिवेदन अनुसार सुर्तिजन्य पदार्थको सेवनबाट हुने क्यान्सर , हृदयरोग लगायतका स्वास्थ्य समस्याहरुबाट विश्वमा बर्षेनी ५४ लाख मानिसको ज्यान जाने गर्छ र यही अवस्था रहिरहने हो भने सन् २०३० सम्ममा धुमपानको कारण मर्नेहरुको संख्या वर्षेनी ८० करोड नाघ्नेछ ।आउदो सय वर्षमा एक अरब मानिसको ज्यान लिने सुर्तिको सेवन रोक्न जनचेतना र प्रतिवद्धताको खाचो रहेको छ । सुर्तिजन्य पदार्थको प्रयोग नियन्त्रण सम्बन्धि सुर्तिविरोधी महासन्धि -एफसिटिसी) सन् २००३ मै पारित भएपनि त्यो प्रभावकारी बन्न सकिरहेको छैन । सुर्तिबाट आउने धनमा र्याल चुहाएर जनताको स्वास्थ्यमाथि खेलवाड गर्ने राज्यको प्रवृत्तिको कारण विश्वका अधिकांश देशहरुले अझैपनि यो महासन्धीमा हस्ताक्षर गर्न अनकनाइरहेका छन् र नेपाल पनि यसमा अछुतो छैन ।सुर्तिजन्य पदार्थहरु क्यान्सर लगायतका प्राणघातक रोगक कारक हु्न् । सुर्तिजन्य पदार्थमा निकोटिन नामक मन्द विष हुने गर्छ जसले स्वास्थ्यमा प्रतिकुुल असर पार्दछ । सुर्तिजन्य पदार्थको सेवनको कारण फोक्सो , मुख तथा स्वास नलीको क्यान्सर उच्च रक्तचाप , हृदयाघात , कलेजोको सिरोसिस , ब्रोन्काइटिस लगायतका स्वास्थ्य समस्या पनि देखिने गर्छन् । साथै स्नायुसम्बन्धी विभिन्न रोग गर्भ तुहिने तथा स्वास प्रस्वास सम्बन्धी विभिन्न समस्याहरु समेत धुमपान कर्तामा देखिने गर्छन् । सुर्तिमा रहेको निकोटिन नामक रसायनको कारण नै सुर्तिजन्य पदार्थको प्रयोगकर्तालाई यसको तलतली लाग्ने र धुमपानको लत लाग्ने गर्छ । साथी भाइको लहलहैमा लागेको धुमपानको लतका कारण पनि अधिकांस युवा मृत्युको नजिक पुगिरहेका छन् । एक अनुसन्धानका अनुसार सुर्तिमा ४० वटा भन्दा बढि क्यान्सरजन्य तत्वहरु कार्सिनोजेन हुन्छन् । त्यसकारण पनि धुमपानका अम्मलीलाई स्वस्थ व्यक्तिलाई भन्दा २२ गुणा बढि फोक्सोको क्यान्सर हुने सम्भावना रहन्छ । सुर्तिसेवन कर्तामा घाँटीको क्यान्सरको खतरा १२ गुणा बढि , मुखको क्यान्सर २७ गुणा बढी तथा स्वास नलीको क्यान्सर १५ प्रतिशत बढि रहने गर्छ । धुमपान प्रयोग कर्ता महिलालाई स्तन क्यान्सर हुने सम्भावना रहेको अनुसन्धानबाट पुष्टि भएको छ ।
यतिमात्र होइन संसारमा हुने कुल रोगजन्य मृत्युमध्ये एक तिहाइ हिस्सा ओगट्ने मुटु रोगको मुख्य कारक समेत धुमपान हो । धुमपानबाट श्रीजित मुटुजन्य रोगका कारण विकाशोन्मुख मुलुकहरुमा वर्षेनी १० लाख तथा विकशित मुलुकहरुमा वर्षेनी ६ लाख व्यक्तिले ज्यान गुमाउने गरेका छन् । धुमपानको कारण मुटुको धड्कन बढ्ने तथा असन्तुलित हुने , तथा उच्च रक्तचाप हुने गर्छ । धुमपानले अन्तत रक्तनलीहरुलाई अवरुद्ध पार्दै हृदयाघाट समेत गराउन सक्छ । चुरोटको धुवामा हुने कार्वन मोनोअक्साइड ग्यासको कारण रगतमा नकारात्मक असर पर्छ । कार्वन मोनोअक्साइड रगतको हेमोग्लोविन सँग मिलेर कार्वोक्सिहेमोग्लोविन भन्ने पदार्थ बनाउँछ जसले अक्सिजन को संचार गर्न सक्दैन र रगतमा विषको रुपमा रहन्छ । एक अध्ययनले के देखाएको छ भने किशोरावस्थाटै धुमपान गर्न थालेकाहरु धुमपान नगर्नेहरुको तुलनामा २० देखि २५ वर्ष छिटो मर्ने गर्छन् । भनिन्छ चुरोट तानिरहेको व्यक्तिले चुरोटको खिल्लीको लम्बाइसँगै आफ्नो आयु पनि घटाइरहेको हुन्छ , धुवाँसगै आफ्नो जिवन उडाइरहेको हुन्छ अनी चुरोटजस्तै जिवन खरानी बनाइरहेको हुन्छ । धुमपानको कारण आँखाको मोतियाविन्दु , छालाको क्यान्सर , दाँत तथा हाड सम्बन्धि समस्या , श्रवण शक्तिमा ह्रास आउने लगायतका स्वास्थ्य समस्या देखा पर्छन् । यसको साथै दम खोकी , स्नायु तथा रक्तनली सम्बन्धी रोग , मुत्रथैलीको क्यान्सर तथा छालासम्बन्धी विभिन्न रोगहरु क्ो कारकको रुपमा पनि सुर्ति रहेको हुन्छ । अर्को डरलाग्दो पक्ष के छ भने धुमपान गर्ने मात्र होइन धुमपानकर्ताको संगत गर्नेहरुलाई पनि यसले धेरै असर पारेको हुन्छ । एउटा तथ्य के छ भने चुरोट खाने व्यक्तिले २५ प्रतिशत धुवाँ आफुले तान्छ र बाकी ७५ प्रतिशत धुवाँ अरुलाई खुवाउँछ । धुमपानको असर बाट बच्न धुमपानका अम्मलीको संगत छाड्नुपर्ने मात्र होइन धुमपान गर्ने आफ्नै घरका सदस्यबाटै सजग रहनुपर्ने देखिन्छ । सुर्तिजन्य पदार्थको कारण विश्वमा गरिबी झनै बढिरहेको छ । गरीबहरुमा सुर्ति सेवनको दर बढि रहेको छ जसको कारण विभिन्न स्वास्थ्य समस्याहरुबाट गरिबहरुनै प्रताडित हुनु परेको छ । धुमपानको लतका कारण गरिबहरु ऋाफ्नो गास काटेर भएपनि धुमपानजन्य वस्तुहरु किन्न बाध्य छन् । सुर्तिजन्य पदार्थको खरिदमा वर्षेनी करोडौ रुपैया स्वहा हुने गर्छ भने सुर्तिसेवनबाट उत्पन्न रोगहरुको उपचारको लागि उत्तिनै पैसा खर्च भएको हुन्छ । यसकारण पनि विश्वका सरकारले आफ्ना जनतालाई सुर्ति श्रीजित मृत्युबाट बचाउन प्रभावकारी कदम चाल्नु आवश्यक छ । यसको लागि सम्भव भए सुर्तिजन्य पदार्थको उत्पादन र प्रयोगमा निषेध गरिनुपर्छ । त्यो तत्काल सम्भव नभए सुुर्तिको करमा वृद्धि गरी उपभोक्तालाई निरुत्साहित गर्ने , सुर्तिजन्य पदार्थको मुल्य वृद्धि गर्ने , विज्ञापन , प्रचारप्रसार र प्रयोजनमा प्रतिवन्ध लगाउने लगायतका कदम चालिनुपर्छ । यसको साथै धुमपानको लत लागेका र लत छोड्न चाहनेहरुलाई पुनस्र्थापनाको लागि सघाउ गर्ने लगायतका काम तत्काल प्रभावकारी रुपमा गर्न सके सुर्तिजन्य पदार्थको खतराबाट विश्व समुदायलाई बचाउन सकिन्छ ।

Saturday, 3 October 2009

DASHAIN

दशैं

विजय दशमी २०६६ को शुभकामना

टिका होस् निधार मा,जमरा होस् कान मा,सुख होस् परिवार मा, शान्ती होस् देश मा ,दसैं मा खुशी को बास होस् सत्रु को नाश होस्,हरेक परिक्षा मा पास होस्,सुन चांदी को रास होस्,हात मा 21 पत्ति को तास होस्, र घर मा मासु र बियर को बास होस्, पुरा होस् मनोकामना,यही... छ मेरो विजय दशमी २०६६ को शुभकामना

Thursday, 1 January 2009

मेरो घर


View Larger Map">

हैप्पी न्यू इयर २००९

Wishing you a new year filled with
new Hope
New Joy
&
New Beginnings.
HAVE A GREAT NEW YEAR!!!
Regards..Chamboo & Prema