नेपालमा सुर्तिजन्य पदार्थको सेवन अर्थात धूमपानका कारण उत्पन्न हुने विभिन्न रोगबाट वर्षेनी १५ हजार जना भन्दा बढिको ज्यान जाने गर्छ । विश्व स्वाथ्य संगठनको प्रतिवेदन अनुसार सुर्तिजन्य पदार्थको सेवनबाट हुने क्यान्सर , हृदयरोग लगायतका स्वास्थ्य समस्याहरुबाट विश्वमा बर्षेनी ५४ लाख मानिसको ज्यान जाने गर्छ र यही अवस्था रहिरहने हो भने सन् २०३० सम्ममा धुमपानको कारण मर्नेहरुको संख्या वर्षेनी ८० करोड नाघ्नेछ ।आउदो सय वर्षमा एक अरब मानिसको ज्यान लिने सुर्तिको सेवन रोक्न जनचेतना र प्रतिवद्धताको खाचो रहेको छ । सुर्तिजन्य पदार्थको प्रयोग नियन्त्रण सम्बन्धि सुर्तिविरोधी महासन्धि -एफसिटिसी) सन् २००३ मै पारित भएपनि त्यो प्रभावकारी बन्न सकिरहेको छैन । सुर्तिबाट आउने धनमा र्याल चुहाएर जनताको स्वास्थ्यमाथि खेलवाड गर्ने राज्यको प्रवृत्तिको कारण विश्वका अधिकांश देशहरुले अझैपनि यो महासन्धीमा हस्ताक्षर गर्न अनकनाइरहेका छन् र नेपाल पनि यसमा अछुतो छैन ।सुर्तिजन्य पदार्थहरु क्यान्सर लगायतका प्राणघातक रोगक कारक हु्न् । सुर्तिजन्य पदार्थमा निकोटिन नामक मन्द विष हुने गर्छ जसले स्वास्थ्यमा प्रतिकुुल असर पार्दछ । सुर्तिजन्य पदार्थको सेवनको कारण फोक्सो , मुख तथा स्वास नलीको क्यान्सर उच्च रक्तचाप , हृदयाघात , कलेजोको सिरोसिस , ब्रोन्काइटिस लगायतका स्वास्थ्य समस्या पनि देखिने गर्छन् । साथै स्नायुसम्बन्धी विभिन्न रोग गर्भ तुहिने तथा स्वास प्रस्वास सम्बन्धी विभिन्न समस्याहरु समेत धुमपान कर्तामा देखिने गर्छन् । सुर्तिमा रहेको निकोटिन नामक रसायनको कारण नै सुर्तिजन्य पदार्थको प्रयोगकर्तालाई यसको तलतली लाग्ने र धुमपानको लत लाग्ने गर्छ । साथी भाइको लहलहैमा लागेको धुमपानको लतका कारण पनि अधिकांस युवा मृत्युको नजिक पुगिरहेका छन् । एक अनुसन्धानका अनुसार सुर्तिमा ४० वटा भन्दा बढि क्यान्सरजन्य तत्वहरु कार्सिनोजेन हुन्छन् । त्यसकारण पनि धुमपानका अम्मलीलाई स्वस्थ व्यक्तिलाई भन्दा २२ गुणा बढि फोक्सोको क्यान्सर हुने सम्भावना रहन्छ । सुर्तिसेवन कर्तामा घाँटीको क्यान्सरको खतरा १२ गुणा बढि , मुखको क्यान्सर २७ गुणा बढी तथा स्वास नलीको क्यान्सर १५ प्रतिशत बढि रहने गर्छ । धुमपान प्रयोग कर्ता महिलालाई स्तन क्यान्सर हुने सम्भावना रहेको अनुसन्धानबाट पुष्टि भएको छ ।
यतिमात्र होइन संसारमा हुने कुल रोगजन्य मृत्युमध्ये एक तिहाइ हिस्सा ओगट्ने मुटु रोगको मुख्य कारक समेत धुमपान हो । धुमपानबाट श्रीजित मुटुजन्य रोगका कारण विकाशोन्मुख मुलुकहरुमा वर्षेनी १० लाख तथा विकशित मुलुकहरुमा वर्षेनी ६ लाख व्यक्तिले ज्यान गुमाउने गरेका छन् । धुमपानको कारण मुटुको धड्कन बढ्ने तथा असन्तुलित हुने , तथा उच्च रक्तचाप हुने गर्छ । धुमपानले अन्तत रक्तनलीहरुलाई अवरुद्ध पार्दै हृदयाघाट समेत गराउन सक्छ । चुरोटको धुवामा हुने कार्वन मोनोअक्साइड ग्यासको कारण रगतमा नकारात्मक असर पर्छ । कार्वन मोनोअक्साइड रगतको हेमोग्लोविन सँग मिलेर कार्वोक्सिहेमोग्लोविन भन्ने पदार्थ बनाउँछ जसले अक्सिजन को संचार गर्न सक्दैन र रगतमा विषको रुपमा रहन्छ । एक अध्ययनले के देखाएको छ भने किशोरावस्थाटै धुमपान गर्न थालेकाहरु धुमपान नगर्नेहरुको तुलनामा २० देखि २५ वर्ष छिटो मर्ने गर्छन् । भनिन्छ चुरोट तानिरहेको व्यक्तिले चुरोटको खिल्लीको लम्बाइसँगै आफ्नो आयु पनि घटाइरहेको हुन्छ , धुवाँसगै आफ्नो जिवन उडाइरहेको हुन्छ अनी चुरोटजस्तै जिवन खरानी बनाइरहेको हुन्छ । धुमपानको कारण आँखाको मोतियाविन्दु , छालाको क्यान्सर , दाँत तथा हाड सम्बन्धि समस्या , श्रवण शक्तिमा ह्रास आउने लगायतका स्वास्थ्य समस्या देखा पर्छन् । यसको साथै दम खोकी , स्नायु तथा रक्तनली सम्बन्धी रोग , मुत्रथैलीको क्यान्सर तथा छालासम्बन्धी विभिन्न रोगहरु क्ो कारकको रुपमा पनि सुर्ति रहेको हुन्छ । अर्को डरलाग्दो पक्ष के छ भने धुमपान गर्ने मात्र होइन धुमपानकर्ताको संगत गर्नेहरुलाई पनि यसले धेरै असर पारेको हुन्छ । एउटा तथ्य के छ भने चुरोट खाने व्यक्तिले २५ प्रतिशत धुवाँ आफुले तान्छ र बाकी ७५ प्रतिशत धुवाँ अरुलाई खुवाउँछ । धुमपानको असर बाट बच्न धुमपानका अम्मलीको संगत छाड्नुपर्ने मात्र होइन धुमपान गर्ने आफ्नै घरका सदस्यबाटै सजग रहनुपर्ने देखिन्छ । सुर्तिजन्य पदार्थको कारण विश्वमा गरिबी झनै बढिरहेको छ । गरीबहरुमा सुर्ति सेवनको दर बढि रहेको छ जसको कारण विभिन्न स्वास्थ्य समस्याहरुबाट गरिबहरुनै प्रताडित हुनु परेको छ । धुमपानको लतका कारण गरिबहरु ऋाफ्नो गास काटेर भएपनि धुमपानजन्य वस्तुहरु किन्न बाध्य छन् । सुर्तिजन्य पदार्थको खरिदमा वर्षेनी करोडौ रुपैया स्वहा हुने गर्छ भने सुर्तिसेवनबाट उत्पन्न रोगहरुको उपचारको लागि उत्तिनै पैसा खर्च भएको हुन्छ । यसकारण पनि विश्वका सरकारले आफ्ना जनतालाई सुर्ति श्रीजित मृत्युबाट बचाउन प्रभावकारी कदम चाल्नु आवश्यक छ । यसको लागि सम्भव भए सुर्तिजन्य पदार्थको उत्पादन र प्रयोगमा निषेध गरिनुपर्छ । त्यो तत्काल सम्भव नभए सुुर्तिको करमा वृद्धि गरी उपभोक्तालाई निरुत्साहित गर्ने , सुर्तिजन्य पदार्थको मुल्य वृद्धि गर्ने , विज्ञापन , प्रचारप्रसार र प्रयोजनमा प्रतिवन्ध लगाउने लगायतका कदम चालिनुपर्छ । यसको साथै धुमपानको लत लागेका र लत छोड्न चाहनेहरुलाई पुनस्र्थापनाको लागि सघाउ गर्ने लगायतका काम तत्काल प्रभावकारी रुपमा गर्न सके सुर्तिजन्य पदार्थको खतराबाट विश्व समुदायलाई बचाउन सकिन्छ ।

No comments:
Post a Comment